सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टर मार्फत् सल्लेरी ल्याइने भएको छ ।
भोली हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् खुम्बु पासाङ ल्हामु गाउँपालिकाको मतपेटिका हेलीकोप्टर मार्फत् सदरमुकाम सल्लेरी ल्याइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए ।
भोली मतदान सम्पन्न भए पछि लुक्ला र नाम्चेमा मतपेटिका संकलन गरि २२ गते शुक्रबार बिहान हेलिकोप्टर मार्फत् सदरमुकाम ल्याइने भएको हो । अन्य ७ वटा स्थानीय तहको मतपेटिका प्रहरी र सेनाको सुरक्षामा गाडी मार्फत् सल्लेरी ल्याइने भएको छ ।
भोली मध्यरातसम्म गाडी मार्फत् मतपेटिका सल्लेरी ल्याई मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा राखिनेछ । राजनितिक दलहरुसँग सर्वदलिय बैठक पश्चात् सोहि दिनबाट मतगणना सुरु गरिने कार्यक्रम रहेको छ । मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्