पूर्वी नेपालमा भूकम्प : सङ्खुवासभा आसपास ४.७ रेक्टरको कम्पन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १५

काठमाडौँ, फागुन १५ — पूर्वी नेपालको सङ्खुवासभा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला आसपास क्षेत्र रहेको थियो। कम्पन सङ्खुवासभासँगै ताप्लेजुङका विभिन्न स्थानमा समेत महसुस गरिएको जनाइएको छ।

स्थानीय सुरक्षा निकायबाट प्राप्त प्रारम्भिक विवरणअनुसार हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति भएको सूचना आएको छैन। सम्बन्धित निकायले अवस्था सामान्य रहेको र थप विवरण संकलन भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *