आज एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाण्डौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका अन्य पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई मुख्य प्राथमिकता दिने एमालेले जनाएको छ। पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको उल्लेख गर्दै स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखेको छ।

त्यसैगरी, आज एमालेको सचिवालय बैठक पनि काठमाडौँमा अनौपचारिक रूपमा बस्नेछ, सबै पदाधिकारीहरू यहीँ भएको कारण बैठक बोलाइएको प्रचार विभाग प्रमुख शाहीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *