|
२०८२ फाल्गुन ४
काठमाडौँ – विश्वप्रकाश शर्माले चुनाव जित्ने उद्देश्यले अवास्तविक आश्वासन नदिन आग्रह गरेका छन्।
सोमबार लमजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले क्षणिक लोकप्रियताका लागि गरिने अतिरञ्जित वाचाले भविष्यमा जनतामा निराशा पैदा गर्ने बताए।
उनका अनुसार देशमा आवश्यक सुधारका लागि नेपाली कांग्रेसले स्पष्ट योजना तयार पारेको छ। ‘जेन जेड’ पुस्ताको आकांक्षालाई सम्बोधन गर्दै पार्टी अघि बढ्न तयार रहेको उनले बताए।
शर्माले पार्टीभित्र आजीवन सत्तामा बसिरहने प्रवृत्तिको अन्त्य गरिएको दाबी गरे। सो अवसरमा उनले लमजुङस्थित काँग्रेस जिल्ला कार्यालय भवन उद्घाटन तथा बीपी कोइरालाको सालिक अनावरण गरेका थिए।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्