काठमाडौं, फागुन ४ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। कानुनी व्यवस्थाअनुसार मतदान हुनुभन्दा १५ दिनअघिबाट मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइन्छ।
सोही प्रावधानअनुसार राजनीतिक दल तथा उम्मेदवारले फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसार गर्न सक्नेछन्।
निर्वाचन आयोग ले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। आचारसंहिता उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने तथा गम्भीर अवस्थामा उम्मेदवारी खारेजसम्मको कारबाही गर्न सकिने जनाइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या सूचना र दुष्प्रचारप्रति शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्