एक साताका लागि ओलीको निर्वाचनलक्षित अभियान स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले एक साता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमाडौँ फर्किएका छन् । पार्टीको प्रतिबद्धतापत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि उनी राजधानी फर्किएका हुन् ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका एक सयभन्दा बढी स्थानमा मतदातासंग भेटघाट तथा अन्तर्क्रिया गरेका थिए । जहाँ प्रत्यक्ष रूपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेटेका थिए । ओलीले स्थानीयका गुनासा र मागलाई सुनेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा जिताउन आग्रह गरेको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दहालले बताएका छन् । ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंसा गरेको दहालको दाबी छ ।

अध्यक्ष ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आममतदातामा नयाँ प्रकारको उत्साह देखिएको उनको दाबी छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका बिरामी तथा हिँडडुल गर्न नसक्ने कतिपय मतदाताको घरमा नै पुगेर हौसलासमेत दिएको उनले जानकारी बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *