सुर्खेत । कालिकोटका प्रतिष्ठित पत्रकार तथा प्रेस सेन्टर नेपाल, कालिकोट शाखाका अध्यक्ष वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा निधन भएको छ। रेडियो तिला आवाजका स्टेसन म्यानेजरसमेत रहेका आचार्य शुक्रबार साँझ भीषण दुर्घटनामा परेका थिए।
प्राप्त जानकारी अनुसार सुर्खेतको वीरेन्द्रनगर–२ स्थित वडा कार्यालय नजिक आचार्य सवार स्कुटरलाई मुलपानीबाट भुरेली तर्फ गइरहेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल यामबहादुर शाहीले चलाइरहेका थिए।
दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल लगिएका आचार्यको उपचारका क्रममा ज्यान गएको हो। मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका शाहीको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्यको निधनले कर्णालीको सञ्चार जगतले एक समर्पित अगुवा गुमाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्