राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रयास सफल हुन सकेन। जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दा तत्काल फिर्ता लिन नमिल्ने ठहर गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले अभियोग फिर्ता लिन माग गर्दै निवेदन पेश गरे पनि अदालतले त्यसलाई अस्वीकार गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयमार्फत पेश गरिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सर्वोच्च अदालतमा सोही विषयसँग सम्बन्धित रिट निवेदन विचाराधीन अवस्थामा रहेकाले अन्तिम निर्णय नआएसम्म अभियोग फिर्ता लिन नमिल्ने आदेश दिएको हो।
अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्च अदालतको अन्तिम निर्णयपछि मात्र यस्तो निवेदन पेश गर्न सकिने स्पष्ट निर्देशन दिएको थियो। सोही आदेशको आधारमा हालका लागि अभियोग फिर्ताको प्रक्रिया रोकिएको पौडेलले जानकारी दिए।
यससँगै रवि लामिछानेविरुद्धको मुद्दा अब सर्वोच्च अदालतको निर्णयमा निर्भर रहने भएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्