काठमाडाैं – नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ ।अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ।
प्रतिनिधि सभा विघटनको विरोधमा रहेको नेकपाले आयोजना गरेको विभिन्न सभामा प्रचण्डले अदालतका न्यायाधीशमाथि धम्कीपूर्ण भाषा प्रयोग गरिएको आरोप मुद्दामा उल्लेख छ।
प्रतिनिधिसभा बिघटन बारे सर्बोच्च अदालतले जनभावना अनुसार निर्णय नगरे जनताको अदालत बाट फैसला गर्ने भन्दै दाहालले अभिब्यक्ति दिएका थिए । विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।
प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए। प्रचण्डले ‘न्यायाधीशहरूले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा विवेक नपुर्याएर जनविद्रोह हुने’ चेतावनी दिँदै आएका छन्।
अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अपहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया