काठमाडौँमा उज्यालो नेपाल पार्टीको शक्ति प्रदर्शन, मोटरसाइकल र्‍याली सम्पन्न हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ३

काठमाडौँ — कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आज राजधानी काठमाडौँमा बृहत् मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

निर्वाचन परिचालन समितिको संयोजनमा निकालिएको उक्त र्‍याली पार्टीको संगठन विस्तार र जनसमर्थन सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ।र्‍याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी र गौशाला हुँदै पुनः तीनकुनेमै पुगेर समापन हुने कार्यक्रम तय गरिएको छ।

पार्टी नेतृत्वले र्‍यालीमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने र आगामी राजनीतिक गतिविधिप्रति सन्देश प्रवाह गर्ने अपेक्षा राखेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *