गगन विश्वले विरुवामा पानी हालेर गरे विशेष महाधिवेशन उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २७

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् ।

थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोह कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ ।

पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको बेलामा महामन्त्रीद्वयले आह्वान गरेका हुन् ।

सोहीअनुसार विशेषको पक्षमा लागेका महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *