एकता प्रक्रियाका लागि आएका सबै घटकसँग छलफलमा प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पार्टी शीर्ष नेताहरुसँग छलफल थालेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघिबाट बैठक सुरु भएको हो । प्रचण्डले हालै मात्रै एक दर्जनभन्दा धेरै घटकलाई मिलाएर नेकपा गठन गरेका थिए ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्नको लागि आज प्रचण्डले सबै घटकका नेताहरुको बैठक राखेका हुन् ।राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेसँग मिलेर जानेबारे प्रचण्डले पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *