काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कार्यकाल फेरि थप गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यकाल विस्तार गर्ने निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको म्याद थपिएको जानकारी दिएका छन्। यसअघि पनि समितिको कार्यकाल दुई महिना थप गर्दै माघ मसान्तसम्म पुर्याइएको थियो।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल यही मङ्सिरमा सकिन लागेपछि म्याद थप गरिएको हो। शुक्रबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पेश गरेका थिए।यसअघि मङ्सिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुस २६–२८ गते गर्ने निर्णय गरेको थियो। तर विभिन्न कारणले उक्त तालिका प्रभावित भएपछि नयाँ मितिको प्रस्ताव अघि सारिएको बताइएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्