कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

शुक्रबार देखि बस्न नसकेको नेपाली कांग्रेसको बैठक आजदेखि बस्न सुरु भएको हो । केन्द्रीय कार्यालय सानेपामा बैठक २८ असोजदेखि सुरु भएको थियो ।

बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।

महाधिवेशन चुनावअघि र वा पछि गर्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक आव्हान गर्ने र स्थागित हुँदै आएको थियो । शीर्ष तहका नेताहरुको शनिबार देखि निरन्तर बैठक बसेपनि महाधिवशेनका लागि साझा प्रस्ताव भने सहमति जुट्न सकेन । आज बसेको बैठकमा महामन्त्री गगन थापा चुनाव अघि महाविशेन गर्ने गरी प्रस्ताव लाने तयारीमा छन् ।

यस्तै, अर्कोतर्फ, संस्थापन पक्षबाट चुनाव पछि महाधिवशेन हुने गरी कार्यतालिका पेश गर्ने तयारी गरेको नेताहरुले जानकारी गराएका छन् ।

आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *