|
२०८२ मंसिर ४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे सानेपामा बस्दैछ। पछिल्ला बैठकहरूमा महाधिवेशनको मिति र कार्ययोजना तय नहुँदा छलफल स्थगित हुँदै आएको थियो।
महामन्त्री गगन थापाले पुस १६–१९ मा महाधिवेशन गर्ने प्रस्ताव पेस गर्दा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० को मिति प्रस्ताव गरेका छन्।
दुई प्रस्तावबीच सहमति खोज्न बैठक आज पुनः बस्न लागिएको हो।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्