गगन र विश्वलाई देउवाले भेट्न मानेनन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १७

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्न समय दिएनन् ।

अपराह्न ५ बजेका लागि भेट्ने समय दिए पनि अन्तिममा आफूले नभ्याएको भन्दै शुक्रबार भेट्ने जानकारी देउवाले महामन्त्रीद्वयलाई गराएका थिए । उनीहरूसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि राखेर भेट्ने तयारी थियो, अन्तिममा एकाएक स्थगित गरियो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सभापति देउवाले नभ्याएकाले भेटघाट नभएको जानकारी दिए । उनले शुक्रबार सभापतिको अनुकूल समयमा महामन्त्रीद्वयलाई आफू वा भानु देउवा ९देउवाका स्वकीय सचिव० ले बोलाउने जानकारी गराइएको जानकारी दिए ।

महामन्त्रीद्वय थापा र शर्माको निर्देशनमा पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *