दुर्गा प्रसाईंलाई ‘जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउन प्रधानमन्त्री कार्कीको सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँबिच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्रीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न प्रसाईंलाई आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भन्दै आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् । यस्तै उनले जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउन समेत प्रसाईंलाई सुझाइन् ।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माघ अघि सार्दै आएका प्रसाईंलाई जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प बताएकी हुन् । मुलुक निर्वाचनमा होमिइसकेकाले यो अवसरको प्रसाईंले पनि उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *