रवि-बालेनबिच आज निर्णायक छलफल हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ ।

सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ । स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ ।

यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए ।

आजको छलफलमा यिनै विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *