प्रचण्ड र माधवबिच छलफल, भोलि बिहानसम्म टुङ्गिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा सोमबार दिउँसो भएको छलफलमा पार्टीको नामबारे छलफल भएको एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराई जानकारी दिएका छन् ।

‘पार्टीको नामको विषयमा छलफल भएको हो । विभिन्न नाम छलफलमा छन् ।

हिजो ८ दलबिच भएको सहमतिमा पार्टीको नाम खालि राखिएको थियो । छलफलमा नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी लगायत नाममाथि छलफलमा चलिरहेको नेताहरूले बताएका छन् । आजको बैठकमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *