एमाले माहाधिवेशनमा पुगिन् गायिका ज्योति मगर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

काठमाण्डौँ । दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार बिहान उनी भृकुटीमण्डप पुगेकी हुन् ।

त्यहाँ पुगेर उनले एमालेका विभिन्न उम्मेदवारको फोटोसहित उनीहरूको पक्षमा भोट मागेकी छन् ।

एमालेको ११औँ महाधिवेशन राजधानीको शनिवारदेखि जारी छ ।

भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो मतदान हुँदै गर्दा ज्योतिसमेत आफू निकटका उम्मेदवारको प्रचारमा पुगेकी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *