काठमाण्डौँ । सरकार र जेन–जी आन्दोलनबीच बुधबार हुने सम्झौतामा राजनीतिक प्रतिशोध नलिने, संविधान संशोधन सुझाव आयोग गठन, तथा भ्रष्टाचार र दलीय भागबन्डा अन्त्य गर्ने प्रतिबद्धता समावेश हुनेछ।
सम्झौताअनुसार भदौ २३–२४ का घटनाको स्वतन्त्र छानबिन, दोषीमाथि कारबाही, आन्दोलनका सबै मृतकलाई शहीद घोषणा, घाइते तथा परिवारलाई राहत, शिक्षा–स्वास्थ्य–रोजगार जस्ता सुविधाहरू प्रदान गरिनेछ।
राजनीतिक दलभित्र अनिवार्य प्राइमरी चुनाव, विदेशमा रहेका नेपालीलाई दूरवर्ती मतदान अधिकार, दल र नेतासँग सम्बन्धित ट्रस्ट–कोषको अवैध सम्पत्ति खारेजी, तथा सरकारका सबै निर्णय र खर्च पारदर्शी बनाइने व्यवस्था पनि छ।
डिजिटल अभिव्यक्ति स्वतन्त्रता संरक्षण, गैरकानुनी सेन्सरशिप नगर्ने र नागरिक डेटा निगरानी नहुने प्रतिबद्धता सहित, सम्झौता कार्यान्वयनमा जेन–जी परिषद्ले निरन्तर खबरदारी गर्ने छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्