काठमाण्डौँ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् ।
२०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै जित्दै आएका देउवाले अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका हुन् ।
कांग्रेसले मंसिर १५ गते मातहतका पार्टी कार्यालयलाई परिपत्र गर्दै मंसिर मसान्तभित्र उम्मेदवार बन्नेको नाम सिफारिस गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर पठाएको परिपत्रमा दुई पुरुष र एक महिना एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गर्न भनिएको छ ।
नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले कांग्रेस नेता कार्यकर्ता र नागरिकको आकाङ्क्षा देउवा यो पटक निर्वाचन लडोस् भन्ने रहेको र त्यो जानकारी आफूहरूले उनलाई भेटेर गराएको बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्