झापा — सभामुख देवराज घिमिरेले देशमा चुनावको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन्। वीरता जेसिज, विर्तामोडले आयोजना गरेको ‘सङ्कटपछि देशको अर्थतन्त्र: अवसर र चुनौती’ कार्यक्रममा उनले सुरक्षासम्बन्धी कारणले चुनाव समयमा गर्न सकिनेमा शङ्का रहेको बताए।
सभामुख घिमिरेले भने, “राजस्व सङ्कलन कमजोर भएकाले सरकारले सामान्य खर्च धान्न पनि ऋण लिनुपरेको छ। यस्तो परिस्थितिमा निजी क्षेत्रलाई विश्वासमा लिनु जरूरी छ। देशमा अराजक गतिविधि बढ्दै जाँदा निजी लगानी रोकिएको छ, यसले आर्थिक विकासमा असर पारिरहेको छ।”
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नविल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी लगायतले मुलुकको आर्थिक अवस्था बारे आफ्नो विचार प्रस्तुत गरेका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्