यस बर्षको मनसुनमा पर्यटक आगमन बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १६

काठमाण्डौँ । सन् २०२५ को मनसुनमा पर्यटक आगमन बढेको छ । अगस्ट महिनामा मात्र ८८ हजार ६ यस ८० पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष अगस्टमा २२ प्रतिशत पर्यटक बढेका हुन् ।

बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५ सय ५ अर्थात् ४० प्रतिशत भित्रिएका छन् । चीनबाट ७ हजार ५ सय ३३ अर्थात् ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलंकाबाट ५ हजार ९ सय ५६ अर्थात् ६. ७ र बंगलादेशबाट ४ हजार २ सय ६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

२०२५ जनवरीदेखि अगस्ट ८ महिना अवधिमा ७ लाख ३६ हजार ५ सय ६२ पर्यटक भित्रिएका छन् ।

बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार क्षेत्रगत हेर्दा दक्षिण एसियाली (सार्क) देशबाट ४७ हजार १ सय ३७ अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य देशबाट १५ हजार ७ सय ७७ अर्थात् १७।८, युरोपबाट ११ हजार १ सय ३२ अर्थात् १२.६ र ओसेनियाबाट २ हजार ४ सय ३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी अमेरिकाबाट ७ हजार २ सय ९३, मध्यपूर्वबाट ९ सय ४४, अफ्रिकाबाट ३ सय २२ र अन्य देशबाट ३ हजार ६ सय ४० पर्यटक आगमन भएको छ ।

गत जुलाईमा ७० हजार १ सय ९३ पर्यटक भित्रिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *