काठमाडौं, २०८२ मंसिर १७ – राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आगामी संघीय संसद् निर्वाचनमा सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन्।बुधबार शीतल निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलसँग भेटवार्तामा राष्ट्रपति पौडेलले विदेशी नेपालीहरू देशको समृद्धि र विकासको यात्रामा सहभागी हुनुपर्ने आवश्यकता औँल्याए। उनले एनआरएन नागरिकता, मताधिकार र लगानीसम्बन्धी विषयमा उठाइएका समस्याहरू समाधानका लागि सरकारसँग थप संवाद र पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
एनआरएनएका अध्यक्षहरू डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले संघका मुख्य मुद्दाहरू राष्ट्रपति समक्ष राखेका थिए। डा. केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका जटिलता र अध्यादेश सम्बन्धी समस्या समाधानको माग गरे भने महेश श्रेष्ठले संघभित्रको विवाद अन्त्य भई अब समृद्धिको लक्ष्यमा केन्द्रित हुने जानकारी दिएका थिए।
भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलको देशको राजनीतिक परिवर्तनमा योगदानको प्रशंसा समेत गरेका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Colby2520
December 3, 2025https://shorturl.fm/IJWYW