|
२०८२ मंसिर १५
काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकअघि आज पदाधिकारी बैठक बोलाएका छन्। सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार, मध्यान्हमा सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका र एजेण्डा सम्बन्धी छलफल हुनेछ।
कार्यवाहक सभापति खड्काले पुस महिनाको अन्तिम साता महाधिवेशन गर्ने तयारीअनुसार कार्यतालिका बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन्। यस बैठकपछि दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक पनि राखिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्