|
२०८३ जेष्ठ २४
काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढाउन देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने सुझाव दिइएको छ।
पूर्वाधार विकास मन्त्रालयको अध्ययन प्रतिवेदनले सन् २०३० सम्म उक्त लक्ष्य हासिल गर्न सके ईभीको प्रयोग उल्लेखनीय रूपमा बढ्ने जनाएको छ। हाल देशभर करिब एक हजार चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन्।
प्रतिवेदनले चार्जिङ पूर्वाधारको अभाव, ब्याट्री व्यवस्थापन र ग्रामीण क्षेत्रमा पहुँचको कमीलाई मुख्य चुनौतीका रूपमा औँल्याएको छ। साथै, ईभी प्रवर्द्धनले इन्धन आयात घटाउनुका साथै वातावरण संरक्षण र ऊर्जा खपत वृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्