गृहमन्त्रीको राजीनामापछि ओलीको पनि राजीनामा माग्दै तिम्सिना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री मात्र नभई प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने उल्लेख गरेकी छिन्।

यसअघि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका थिए। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा उनले प्रधानमन्त्री ओलीलाई राजीनामा पेश गरेका थिए। मन्त्री लेखकको राजीनामापछि, तिम्सिनाले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी नेतृत्वमा ठूलो दबाव सिर्जना गरेकी छन्।

यस घटनाले पार्टीभित्रको असन्तुष्टिलाई झन् बढाएको छ र राजनीतिक परिस्थितिमा थप संकट उत्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *