|
२०८२ आश्विन १७
काठमाडौं, असोज १७ – ‘हामी नेपाल’ का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई जेन–जी आन्दोलनबाट पूर्णतः अलग गर्ने घोषणा गरेका छन्। फेसबुक भिडियोमार्फत गुरूङले ‘हामी नेपाल’ अब सामाजिक कार्यमा मात्र केन्द्रित हुने बताएका हुन्।
जेन–जी आन्दोलनका सहिद र घाइतेहरूका नाममा पैसा दुरूपयोग गरेको आरोपको खण्डन गर्दै उनले संस्थाले कसैसँग आर्थिक सहयोग नलिएको स्पष्ट पारे। साथै, सहिद तथा घाइतेहरूको विवरणसहित छुट्टै वेबसाइटमार्फत सहयोगको व्यवस्था गर्ने जानकारी दिए।
उनले देशभरका जनताको माग समेट्ने एकीकृत एजेन्डा ५० भन्दा बढी विज्ञहरूको टिमद्वारा तयार पारिने र त्यसमा सबैको सुझाव आमन्त्रण गरिने पनि बताएका छन्।
गुरूङले देशलाई प्राथमिकता दिन सबै राजनीतिक दलका कार्यकर्तालाई एजेन्डामा सहयोग गर्न अपिल गरेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्