|
२०८२ कार्तिक १६
पाल्पा — तानसेन नगरपालिकाले आज, २०८२ कात्तिक १६ गते (आईतवार) सार्वजनिक बिदा दिएको छ। रिडीधामस्थित ऋषिकेश मन्दिरमा हुने रथयात्राको अवसरमा नगरपालिकाभर बिदा दिइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार, नगर कार्यपालिकाको गत असोज २६ गते बसेको बैठकले ऋषिकेश मन्दिरको धार्मिक र सांस्कृतिक महत्त्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार आज नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय, नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका संघ–संस्था बन्द रहेका छन्। तर अत्यावश्यक सेवाहरू भने यथावत सञ्चालनमा रहने जनाइएको छ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्