|
२०८२ कार्तिक ५
बुटवल । रूपन्देहीको गैंडहवा गाउँपालिका–६ स्थित सन्तेश्वर घाटमा लक्ष्मी मूर्ति विसर्जन गर्ने क्रममा खोलामा डुबेर तीन युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार बुधबार दिउँसो करिब ३ बजे दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा विसर्जन गर्ने क्रममा ती युवकहरू पानीमा बेपत्ता भएका थिए। खोजीकार्य पश्चात घटनास्थलबाट करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
मृतकहरूमा मायादेवी गाउँपालिका–१ का १५ वर्षीय अजय हरिजन, १८ वर्षीय दीपु हरिजन र २५ वर्षीय रोहित हरिजन रहेका छन्।
प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा शव खोजी गरिएको थियो। मूर्ति विसर्जन जस्ता धार्मिक कार्यमा सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यकतालाई यो घटनाले पुनः स्मरण गराएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्