|
२०८२ आश्विन २३
प्युठान, असोज २३ – प्युठानको मल्लरानी गाउँपालिका-१ टोड्केमा एक यात्रुवाहक बसको ठक्करबाट एक व्यक्तिको ज्यान गएको छ। बाग्दुलाबाट ठुलाचौरतर्फ जाँदै गरेको ना. ५ ख ६०४ नम्बरको बसले बुधवार साँझ ठक्कर दिँदा झिमरुक गाउँपालिका-४ कन्दले निवासी ४० वर्षीय चन्द्र बहादुर पुन गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा उपचारका लागि प्युठान अस्पताल पुर्याइएका पुनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्युठान अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्