|
२०८२ आश्विन ७
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै नेता गुरुराज घिमिरेसहितका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियान थालेका छन्।
सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै, पार्टी सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको भनाइ छ।
केन्द्रीय समिति निष्क्रिय देखिएकाले प्रतिनिधिहरूले नै प्रक्रिया अघि बढाएको जनाइएको छ। संविधानको धारा १७(२) अनुसार महाधिवेशन प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्