|
२०८२ आश्विन २०
२० असोज, काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको असोज २० गतेको बैठकले कार्यतालिका स्वीकृत गरेको हो।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० गतेसम्म हुनेछ।
समानुपातिक प्रणालीतर्फ मंसिर १५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने पुस १८ र १९ गते बन्दसूची पेश गर्न सकिनेछ।
पहिलो-पहिलो जित्ने प्रणाली (FPTP) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।
चुनावी प्रचारप्रसार फागुन ३ देखि १८ गतेसम्म मात्र गर्न पाइनेछ, त्यसपछि प्रचार निषेध हुनेछ।
मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
आयोगले कात्तिक ३० भित्र राजनीतिक दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने पनि जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्