बाढीपहिरोमा परी देशभर ५२ जनाको मृत्यु, ७ जना बेपत्ता (नामावलीसहित)

DaksuMedia दाक्सु मिडिया
|
अशोज २०, २०८२

काठमाडौं, असोज २० – लगातार परेको भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर हालसम्म ५२ जनाको ज्यान गएको छ भने ७ जना अझै बेपत्ता छन्।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा धेरै क्षति कोशी प्रदेशमा भएको छ, जहाँ ४९ जनाको मृत्यु पुष्टि भएको छ।

कोशी प्रदेश अन्तर्गत इलाम जिल्लामा मात्रै ३७ जनाको ज्यान गएको छ। त्यस्तै, पाँचथरमा ८ जना, उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ।

अन्य जिल्लामा पनि क्षति पुगेको छ। रौतहटमा ३ जना र काभ्रेपलाञ्चोकमा १ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *