एक रुपैयाँ नदिनेले पनि हिसाब माग्ने?” आशिकाको खुला प्रतिक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १७

काठमाडौं, असोज १७ — हालै विभिन्न दुर्घटनामा परेका घाइते तथा मृतकका परिवारलाई सहयोग संकलन र वितरणमा सक्रिय सामाजिक अभियन्ता आशिका तामाङले आफूविरुद्ध उठेका आरोपप्रति सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएकी छन्।

आफूमाथि आर्थिक पारदर्शिताबारे प्रश्न उठाइएको भन्दै तामाङले एक फेसबुक स्टाटसमार्फत भनिन्, “पैसा पैसा पैसा ! कहाँ बाट ल्याइस ? कसरी दिस ? जस्ले एक रुपैयाँ सहयोग गरेको छैनन् , उहाँ हरु ले हिसाब् मागेको देख्दा छक्क छु म त !”

उहाँले सहयोग उपलब्ध गराएका सबै व्यक्तिलाई व्यक्तिगत रूपमा हरेक रुपैयाँको हिसाब व्हाट्सएपमार्फत दिइसकेको दाबी गर्दै, सहयोग रोकिएको छैन भन्ने स्पष्ट पारिन्। “म भात खान्छु के पैसा होइन! मलाई के काम पैसा ?? जो घाइते भाइहरु र मृतक परिवारहरु लाई चाहिएको छ आर्थिक सहयोग उहाँ हरु लागि एताबाट हुन्छ कि उता बाट हुन्छ कि खोजेर सहयोग पुराइराको छु,” भन्दै उहाँले आफ्नो उद्देश्य स्पष्ट पार्नुभयो।

तामाङले अनावश्यक आरोप र औंला ठड्याउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै लेखेकी छन्, “जस्ले गर्दा नि भो सहयोग मैले रोकेको छैन नि , अरुलाइ आरोप लगाउनु अघि कृपया एक पल्ट सोच्ने गर्नुस है।”

तामाङ हालसम्म विभिन्न संकट तथा आपतकालीन अवस्थाहरूमा सक्रिय रूपमा सहयोग संकलन गर्दै आएकी छन्। तर, सहयोग संकलनमा पारदर्शिता तथा जवाफदेहिताको सवालमा उठ्ने प्रश्नहरूप्रति समाजमा चासो देखिन्छ। यस्ता प्रश्नहरूलाई व्यवस्थापन गर्दै विश्वसनीयता कायम राख्नु सामाजिक अभियन्ताहरूको लागि चुनौती पनि बनिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Jaime1443

    October 3, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *