×

लुम्बिनीका नवनियुक्त ३ मन्त्रीले खाए शपथ

कार्तिक ८, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले आज (बिहीबार) बिहान पद तथा गोपनीयताको शपथ खाएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्री पदमा नियुक्त गरेका थिए।

आज तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ खाएका हुन्। उनीहरूलाई आज बिहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले शपथ खुवाएका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा गत साउन ७ गते एमाले प्रदेश संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा ३ मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: