जेनजी आन्दोलन: काठमाडौं महानगरद्वारा मृतक तथा घाइतेको सहयोगका लागि विशेष व्यवस्था

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

काठमाडौं — जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन तथा अन्तिम संस्कारका लागि काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था गरेको छ।

महानगरपालिकाले मृतकका शवहरू उनीहरूको घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरेको छ। साथै, मृतकका परिवारजनलाई काठमाडौंसम्म ल्याउनका लागि यातायात सुविधा र बसोबासको प्रबन्धसमेत गरिएको छ।

त्यसैगरी, आन्दोलनमा घाइते भएकाहरूको उपचार तथा उपचारपछि घर फर्कनका लागि आवश्यक यातायात व्यवस्थापन र अन्य सहजीकरणका लागि विशेष टोली खटाइएको महानगरले जनाएको छ।

सहयोग आवश्यक परेमा सम्पर्क गर्न निम्न व्यक्तिहरूका नम्बर सार्वजनिक गरिएको छ:

  • जगदीश अर्याल: ९८५४०४५७०२
  • विज्ञान घिमिरे: ९८५११३३९११
  • ईश्वर वाग्ले: ९८४१२९७८६१

महानगरपालिकाले आन्दोलन प्रभावितहरूलाई आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. King4646

    September 12, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *