नेताहरू नजरबन्दमा किन राखिए?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

काठमाडौं । देशमा उत्पन्न संकटपूर्ण परिस्थितिमा नेपाली सेनाले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रीहरू र प्रमुख दलका शीर्ष नेताहरूलाई अघोषित नजरबन्दमा राखेको छ। उनीहरूको मोबाइल फोन स्वीच अफ गराइएर बाह्य सम्पर्क विच्छेद गरिएको छ।

जेनजी आन्दोलनका क्रममा हिंसा, आगजनी र तोडफोडका घटना बढेसँगै राजधानीको सुरक्षा स्थिति कमजोर हुन थालेको थियो। यस्तै अस्थिर परिस्थितिमा नेताहरूको सुरक्षाका नाममा सेनाले नियन्त्रणमा राखेको बताइएको छ।

राजनीतिक नेतृत्वबाट उत्पन्न अस्थिरता र हिंसात्मक आन्दोलनबीच सेनाले सत्ता शून्यता र अराजकता नहोस् भन्ने उद्देश्यले नेताहरूलाई नियन्त्रणमा राखेको देखिन्छ। यो कदम ‘सुरक्षा’ भन्दै गरिएको अस्थायी नियन्त्रण हो कि सत्ता हस्तान्तरणसँग जोडिएको शक्ति प्रदर्शन? – भन्ने प्रश्न उठ्न थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *