|
२०७९ भाद्र २६
सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बालुवाटारमा आज पनि छलफलमा जुट्न लागेका छन्।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि सत्ता गठबन्धनमा कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने विषय टुंगिएको छैन।
११ सदस्यीय कार्यदल बनाएर दलहरूले एक महिना छलफल गरे पनि सिट बाँडफाँटको विषय टुंगिन नसकेपछि शीर्ष नेताहरूबाटै छलफल गरी सिट बाँडफाँट टुंग्याउने तयारी छ।
शनिबार पनि बालुवाटारमा गठबन्धनका शीर्ष नेता जुटेर यसबारे छलफल गरेका थिए। आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीसहित शीर्ष नेता सिट बाँडफाँटमा सहमति जुटाउन छलफलमा जुट्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्