राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *