पूर्वसांसद कोइरीलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

DaksuMedia दाक्सु मिडिया
|
असार ३२, २०८३

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नभए सोही दिन रिहा गर्न निर्देशन दिएको हो।

कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको रिटपछि अदालतले यस्तो आदेश दिएको हो। कोइरी थमन विक हत्या प्रकरणमा पक्राउ परेका थिए र जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरिएका थिए।

यस विषयमा सर्वोच्चको पछिल्लो आदेशसँगै उनको रिहाइको बाटो खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *