
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीबाट सर्वसाधारण जनताले पाएको सास्तीबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग गरिएको छ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै नेकपा मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माघ २७ गते संघीय संसदका दुबै सदनलाई सम्बोधन गर्न आउँदा राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गर्न नसकेको बारे गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई संसदमा जवाफ दिने व्यवस्था गर्न माग गरेका हुन्।
‘राष्ट्रपतिको भ्रमणमा शितल निवासबाट बानेश्वरसम्मको यात्रामा सडक जाम हुँदा म आफैं साढे २ घन्टा फसेँ। लाखौ जनतालाई सास्ती भयो’, उनले भने, ‘राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारीसमेत लिनुहुने प्रधानमन्त्रीजीले किन गर्न सक्नुभएन यसबारे संसदमा जवाफ दिनुहोला।’
फेसबुकबाट तपाईको प्रतिक्रिया