प्रदेश १ लोक सेवा माग्यो तीन सय बढी कर्मचारी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर १९

प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने पनि आयोगले जानकारी दिएको छ।

छनोट भएकालाई स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्।

पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग भएको छ। सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो। कुल ३१६ जना कर्मचारी माग भएको छ।

आयोगले आज गोरखापत्रमा सूचना निकालेर चैत २५ गतेदेखि परीक्षा हुनेसमेत उल्लेख गरेको छ। अनलाइनबाट पनि फारम भर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *