एमसीसीबारे चीनको प्रतिक्रिया: व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १६

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएको भोलिपल्ट चीनले प्रतिक्रिया दिएको छ । चीनले नेपालको संसदबाट भएको व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएको’ प्रतिक्रिया दिएको हो । सोमबार बेइजिङमा नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए । उनले एक मित्रवत छिमेकी र विकासको साझेदारका रुपमा चीनले सधैंझै नेपाली जनताको चाहनालाई समर्थन गर्ने बताएका हुन् ।

प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने र सम्बन्धित देशको सार्वभौमसत्ता  र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने कुरामा बारम्बार जोड दिने गरेको बताए । उनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले जोड दिदै आएको बताए ।  

यसअघि पनि चीन एमसीसीबारे दुई पटक प्रतिक्रिया दिइसकेको छ । नेपालको संसदबाट एमसीसी पारित भएपछि चीनले दिएको यो पहिलो प्रतिक्रिया हो । आइतबार नेपालको प्रतिनिधिसभाले एमसीसी सम्झौता बहुमतले पारित गरेको थियो ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *