थुलुङ दुधकोशी अस्पतालमा’डिप्लोमा इन फार्मेसी’ र ‘एचए’ सञ्चालनका लागि तयारी अघि बढाईने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख २५

सोलुखुम्बु।थुलुङ दुधकोशी अस्पताल सञ्चालक समिति बैठक सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष समेत रहेका अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अशिम राईको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले


पोष्टमार्टम गृह तथा प्लासेन्टपिट निर्माण गर्न प्रक्रिया अगाडी बढाउने लगायत विभिन्न महत्त्वपूर्ण निर्णय गरेको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

त्यसका लागि आवश्यक तयारी गर्न बैठकले समिति गठन गर्ने निर्णय गरेको वहाँले बताउनुभयो।कार्कीका अनुसार बैठकले अस्पताललाई स्वास्थ्य विमाको पहिलो सेवा बिन्दु बनाउने र डिप्लोमा इन फार्मेसी र प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्साशास्त्र HA सञ्चालन गर्न आवश्यक तयारी गर्ने निर्णय समेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *