|
२०८२ श्रावण २४
काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकाले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दुई दिने एकीकृत सेवा शिविर सुरु गरेको छ। पूर्वमन्त्री बलबहादुर केसीको उद्घाटनसहित सुरु भएको शिविरमा पहिलो दिनमै ३२५ सेवाग्राहीले विभिन्न सेवा प्राप्त गरेका छन्।
गाउँपालिका अध्यक्ष खिलराज बस्नेतका अनुसार सेवा नपाएका नागरिकका लागि आवश्यक परे शिविरको अवधि थपिनेछ। “सोताङबाट काठमाडौँ आउने खर्चिलो यात्रालाई न्यूनीकरण गर्दै हामीले सेवा नागरिकको ढोकामै पुर्याएका छौँ,” उनले बताए।
शिविरमा वडा अध्यक्ष र सचिवहरूको समेत उपस्थिति रहेको छ। यो पहलले प्रशासनिक पहुँच विस्तार गर्नुका साथै ग्रामीण नागरिकको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्