जिल्लामै सोलुदुधकुण्ड नगरपालिकाको पहिलो प्रयोग, कक्षा ४ देखि ९ सम्मका सबै विद्यार्थीलाई एउटै प्रश्नपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८० चैत्र ६

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका सबै बिद्यालयलहरुले एउटै प्रश्नपत्रमार्फत विद्यार्थीहरुको अन्तिम परीक्षा लिन्सुरु गरेका छन्। यसअघि विद्यालय आफैंले तयार गरेका प्रश्नपत्रमार्फत परीक्षा सञ्चालन गर्दै आएका विद्यालयहरुले यसपटक भने नगरपालिकाले तयार गरेको एउटै प्रश्नपत्रमार्फत परीक्षा लिन सुरु गरेका हुन्।

नगर क्षेत्रभित्रका विद्यालयहरुमा प्रश्नपत्रमा एकरुपता ल्याउंन सो ब्यबस्था गरिएको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।जिल्लामै पहिलो पटक गरिएको यो ब्यबस्था हाललाई कक्षा ४ देखि ९ सम्म सबै लागू हुने नगरप्रमुख शेर्पाको भनाई छ।६२ वटा सामुदायिक विद्यालय रहेको नगरपालिकामा कक्षा ४ भन्दा माथि संचालित विद्यालय ५० रहेका छन्।

नगरपालिकाभित्रका बिद्यालयहरुको शैक्षिक क्रियाकलापहरुमा एकरुपता ल्याउनका लागि शेक्षिक सत्रको सुरुवातमा नै शैक्षिक क्यालेन्डर बनाएर अघि बढेको नगरपालिकाले यही शैक्षिक सत्रबाट विज्ञ शिक्षकहरूबाट प्रश्नपत्र तयार गरि परीक्षा सुरु गरिएको सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखाका सन्तोष राउतले जानकारी दिनुभएको छ।सोमबारबाट सुरु परीक्षा चैत १३ गते सम्पन्न गरिनेछ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न यसले थप टेवा पुग्ने उहाँको भनाइ छ। सोलुदुधकुण्ड नगरपालिकाले नगरभित्रका सामुदायिक बिद्यालयलहरुको हरेक काममा एकरुपता ल्याउनका लागि यस बर्ष शैक्षिक क्यालेन्डर बनाएर कार्यान्वयनमा ल्याईएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *