महाकुलुङ दुईमा यो वर्ष १५ घर धुरीलाई रंगीन जस्ता पाता वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ २०

सोलुखुम्बु । पेल्माङ बिकासका लागि सहयोगी हातहरुको समन्वयमा महाकुलुङ २मा दोश्रो पटक जर्मनी संस्था गोर्लिज -पेल्माङ ई .भीले १५ घर परिवार लाई रंगीन जस्ता पाता वितरण गरेको छ ।


पारिवारिक अवस्था कमजोर भएका लाई केन्द्रित गरि गएको वर्ष १२ घर परिवार लाई वितरण गरिएको यो वर्ष १५ घर धुरीलाई उपलब्ध गरिएको पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष मछिन्द्र कुलुङले बताउनु भयो । जस्ता पाताको साथमा आवश्यक काटी, प्लेनसिट समेत प्रदान गरिएको छ ।
संस्थाले स्वास्थ , शिक्षा लगायत अन्य क्षेत्रमा स्थापन कालदेखिनै विषेश गरि गाउँपालिकाको वडा नम्बर २ मा सहयोग गर्दै आएको कुलुङको भनाई छ । करिब १४ लाख बढी लागतमा १५ घर धुरीको छानो रंगीएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *