
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका २ को पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वीस नागरिक फेबिनले पहाडी विकासको अध्यक्ष भलाकाजी कुलुङको पहलमा १५ जना विद्यार्थीलाई शैशिक्षक सामग्री वितरण गरिएको हो ।
ग्रामिण भेगका विद्यार्थीलाई शिक्षामा सहजता प्रदान गर्ने उद्देश्यले स्कुल ड्रेस, कापी, कलम, क्यालकुलेटर, डिस्नेरी, झोला, चित्रकला सामग्री तथा अन्य स्टेसनरी सामग्रीहरु वितरण गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया